समाचार

कोराना महामारी: कस्तो छ सार्क राष्ट्रको अवस्था ?

काठमाडौं । नेपालमा बुधबारसम्म स्वास्थ्य मन्त्रालयले पुष्टि गरे अनुसार ८ सय ८६ जनामा संक्रमण देखिएको छ । बुधबार एकैदिन १ सय १४ जनामा संक्रमण देखिएको थियो। अहिलेसम्म ४७ जिल्लामा संक्रमण देखिइसकेको छ।

त्यस्तै, १ सय ८३ जना संक्रमणमुक्त भइसकेका छन् भने ४ जनाको भने मृत्यु भएको छ। सार्कदेशमा देखिएको संक्रमण सबैभन्दा कम भुटानमा रहेको छ । भुटानमा संक्रमितको संख्या २८ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ६ छ।

सबैभन्दा धेरै भारत रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ४ हजार ५ सय ३४ पुगेको छ। भारतमा हालसम्म ६७ हजार ७ सय ४९ संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ५९ हजार १ सय ५१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा १ हजार २ सय २५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म १९ हजार १ सय ४२ जना उपचारपछि निको भएका छन्।

श्रीलंकामा संक्रमितको संख्या १ हजार ४ सय ६९ छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १० छ भने निको हुनेको संख्या ७३२ छ।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३८ हजार २ सय ९२ पुगेको छ। बंगलादेशमा हालसम्म ५ सय ४४ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा ७ हजा ९ सय २५ छ।

अफगानिस्तानमा संक्रमितको संख्या १२ हजार ४ सय ५६ पुगेको छ। अफगानिस्तानमा २ सय २७ जनाको मृत्यु भइसकेको छ भने १ हजार १ सय ३८ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या १ हजार ४ सय ५७ छ। मृत्यु हुनेको संख्या ५ छ भने उपचारपछि निको हुनेको संख्या १९७ पुगेको छ।