फिचर

२०७७/७८ का लागि आर्थिक बृद्धिदरको लक्ष्य ७ प्रतिशत, बजेटको पूर्णपाठ

काठमाडौं । सरकारले आर्थिक बर्ष २०७७/७८ का लागि ७ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत आगामी आबका लागि ७ प्रतिशतको आर्थिक बृद्धिदर हासिल गर्ने लक्ष्य लिएका हुन् । आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।

संघीय प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवको लागि उक्त परिमाणको बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।

बजेटका स्रोतमध्ये राजस्वबाट रु. ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट रु. ६० अर्ब, विदेशी ऋणबाट रु. २ खर्ब ९९ अर्ब र स्वदेशी ऋणबाट रु. २ खर्ब ५५ अर्ब जुटाइने छ ।

कोरोनाभाइरस महामारीका कारण अर्थतन्त्र खुम्चिएको र आम्दानीका स्रोतहरु प्रभावित भएकाले चालु आवको तुलनामा आगामी वर्षको बजेट घटेको छ ।

चालु आबको बजेट रु. १५ खर्ब ३० अर्ब रहेको थियो ।