समाचार

सय बर्ष नाघेकाले कोरोनालाई परास्त गर्ने क्रम जारी : अर्को १ सय ११ वर्षीया बृद्धाले जितिन कोरोना

कोरोना संक्रमणको कारण ५ महिना भित्र विश्वमा ३ लाख ५७ हजार मानिसको मृत्‍यु  भै सकेको छ भने मृतकको ३० प्रतिशत हिस्सा अमेरिका एक्लैले बोकेको छ ।विश्वभर ५८ लाख संक्रमित मध्ये २५ लाख सञ्चो भई सामान्य जिवनमा फर्कि सकेका छन् । सञ्चो भएर फर्किएका मध्ये हालै दक्षिण अमेरिकी मुलुक चिलीकी एक १ सय ११ बर्षीया बृद्धाले कोरोनालाई जित्न सफल भएकी छिन् । जुआना जुनिगा नामको बृद्धा जो राजधानी सान्टायागोको एक बृद्धा आश्रम (केयर होम) मा बसोबास गर्थिन् । उनी चिलीमा कोरोना जित्ने सबैभन्दा बृद्धा नागरिक बनेकी छिन्  ।

कोरोना संक्रमण हुनु भन्दा पहिलादेखि नै श्वासप्रश्वास सम्बन्धि रोगसँग सामना गरीरहेकी जुनिगालाई कोरोना संक्रमण पछि खासै थप प्रभाव नपरेको र कोरोनाको लक्षण पनि नदेखिएको उनी बस्दै आएको केयर होमकी एक निर्देशकले बताएकी छिन् ।  “उनलाई कोरोनाको खासै लक्षण देखिएन ।  सिर्फ हलुका ज्वरो मात्र देखियो” केयर होमकी डाईरेक्टर मरिया पाज सोर्दोले बताएकी छिन् । जुनिगालाई कोरोना संक्रमण पोजेटिभ देखिए पछि २८ दिनसम्म छुट्टै आईसोलेशनमा राखिएको थियो । उनी गत मेई १० तारिख कोरोना मुक्त भएको घोषणा गरिएको थियो । जीवनभर अबिवाहित जुनिगा पुन केयर होममा फर्किएकी छिन् ।  

यस अगाडि स्पेनकी १ सय १३ बर्षीया मरिया ब्रानयास नामकी एक बृद्धाले पनि कोरोनालाई परास्त गरेर सामान्य जीवनमा फर्किएकी थिईन् ।  

श्रोत : डेली मेल