विश्व

कोरोना महामारी बीच अमेरिकामा १३ बर्षीय बालकले चार बिषयमा पुरा गरे एसोसिएट्स डिग्री

एजेन्सी

कोरोनाको कारण सबैतिर निराशा छाइरहेको समयमा अमेरिकामा एक जना बालकले हासिल गरेको उपलब्धिले भने साँच्चै उत्साहित बनाउँदछ । साधारणतया १३ बर्षको उमेर भनेको भिडियो गेम खेलेर कार्टुन हेर्दै रमाईलो गर्ने उमेर हो ।औपचारिक शिक्षाको कुरा गर्ने हो भने १३ बर्षको उमेर हरेक बाल-बालिकाको ६-७ कक्षामा पढ्ने उमेर न हो । तर यहाँ अचम्मको खबर छ ।

क्यालिफोर्निया ला-मिरादा निवासी १३ वर्षीय एक बालकले चार वटा बिषयमा एसोसिएट्स डिग्री हासिल गरेका छन् । १३ वर्षीय ज्याक रिको नामका ती बालकले फुलर्टन कलेजबाट सोसियल साईन्स, सोसल बिहेभियर, सेल्फ डेभलपमेन्ट, आर्ट एन ह्युमन एक्स्प्रेसन बिषयमा एसोसिएट्स डिग्री हासिल गरेका हुन् । उनले यो डिग्री मात्र दुई बर्ष पढेर हासिल गरेका हुन् । उनी ११ बर्षको उमेरमा कलेज पढ्न गएका हुन । यद्यपी कोरोना महामारीका कारण रिकोको कलेजमा नै गएर दिक्षान्त लिने इच्छा भने यो बर्ष कलेज बन्द भएको कारण पुरा हुन सकेन । बुधबार आयोजित ‘ड्राईब बाई ग्राजुएसन सेरोमनी’ बाट रिको दिक्षित भएका हुन । “मैले साँच्चिकै यो हासिल गर्न सक्छु भन्ने लागेकै थिएन । मलाई अझै पनि यो विश्वास छैन कि मैले यो हासिल गरें” भन्छन् – ज्याक रिको । बाल्यकालदेखि नै बिलक्षण क्षमता देखाउने रिकोले ३ बर्षको उमेरमा ह्वाईट हाऊस जाने ईच्छा गरेको बताउँदै ह्वाईट हाऊस भ्रमण गरेर आएको हप्ता दिन पछि रिकोले उनको आमालाई अमेरिकाको सम्पूर्ण राष्ट्रपति र उप-रास्ट्रपतिको नाम कण्ठस्थ भनेको आमा रु एन्ड्रेई बताउँदछिन । तीन कक्षासम्म सरकारी बिद्यालय पढेका रिकोलाई त्यसपछि घरमा राखेर पढाईएको थियो ।  

रिकोले आफ्नो त्यस अगाडिको शिक्षा लस भेगसस्थित युनिभर्सिटी अफ नेभाडाबाट लिने सोच गरेका छन् । सन् १९१३ मा स्थापित क्यलिफोर्नियास्थित  फुलर्टन कलेज सबैभन्दा पुरानो सामुदायिक कलेज हो ।