समाचार

नेपालमा कोरोना संक्रमित संख्या १२ सय नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशको विभिन्न ठाँउमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमितको संख्या थपिएको हो ।

यससँगै नेपालमा संक्रमितहरुको संख्या १२ सय १२ पुगेको छ । एकै दिन सय जनाभन्दा बढी संक्रमित भेटिएको यो लगातार दोस्रो दिन बनेको छ। हिजो एकै दिन १ सय ५६ जना नयाँ संक्रमित थपिएका थिए।