फिचर

प्रदेश र स्थानीय तहले कति-कति पाए बजेट ? (सूचीसहित)

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ मा केन्द्र सरकार मार्फत प्रदेश र स्थानीय सरकारले पाउने अनुदान अनुदान रकम अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ ।

आफ्नो वेबसाइटमार्फत केन्द्र सरकारले आगामी वर्ष समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान गरी चार शीर्षकमा प्रदेश र स्थानीय तहलाई कुल ३ खर्ब ६२ अर्ब ६३ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको बजेट सार्वजनिक गरेको हो।

जसअनुसार अर्थ मन्त्रालयले ७ वटा प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश १ ले १५ अर्ब ११ करोड ३८ लाख रुपैैयाँ, प्रदेश २ ले १३ अर्ब ४० करोड ५९ लाख रुपैयाँ, वाग्मती प्रदेशले १४ अर्ब ८६ करोड ९८ लाख रुपैयाँ पाएका छन् ।

यस्तै गण्डकी प्रदेशले १३ अर्ब ३५ लाख ९९ लाख, प्रदेश ५ ले १४ अर्ब ६ करोड ९६ लाख, कर्णाली प्रदेशले १४ अर्ब ८३ करोड ६५ लाख र सुदूरपश्चिम प्रदेशले १४ अर्ब २१ करोड ८२ लाख रुपैयाँ पाएका छन् ।