समाचार

मिनियापोलिसमा जर्ज फ्लोएडलाई भुँईमा लडाएर घुँडाले घाँटी थिच्ने प्रहरीलाई हिरासतमा लिईयो

न्युयोर्क

सोमबार मिनियासोटा राज्यको मिनियापोलिसमा जर्ज फ्लोएडलाई पक्राऊ गरी हतकडी लगाई भुँईमा लडाएर घुँडाले घाँटीमा थिचिरहेको भिडियोमा देखिएका प्रहरी अफिसर डेरेक चौभिनलाई प्रहरी हिरासतमा लिईएको शुक्रबार प्रहरी श्रोतले जनाएको छ । ती प्रहरी अफिसरले चोरीको आरोपमा समातिएका जर्ज फ्लोएडलाई भुँईमा लडाएर घुँडाले घाँटी थिचेको केही समय पछि जर्ज फ्लोएडको मृत्‍यु भएको थियो भने उनको मृत्‍यु भएको दिन सोमबार साँझदेखि मिनियापोलिस क्षेत्रमा फ्लोएडले न्याय पाउनु पर्ने माग गर्दै आन्दोलन जारी छ । बुधबारदेखि जारी आन्दोलनका क्रममा पसल तथा सुपरमार्केट लुटपाट गर्ने, तोडफोड गर्ने, प्रहरी चौकी जलाउने समेत गरेर हिँसात्मक रुप लिएको छ ।