समाचार

क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु, कोरोना रिर्पोट आउन बाँकि

दैलेख । दैलेखमा क्वारेन्टाइनमा बसेको अवस्थामा एक जनाको ज्यान गएको छ । भारतबाट फर्किएका एक जनाको दुल्लु नगरपालिका वाड न ७ क्रितिखम्ब बजारस्थित विद्युत प्राधिकरण भवनको क्वारेन्टाइनमा मृत्यु भएको हो । उनी भारतको गुजरातबाट जेठ ९ गते दैलेख फर्किएका थिए । उनको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहानको खाजा खाएर आराम लागि सुतेका उनी त्यसपछि उठेनन् । उनको शुक्रबार मात्रै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । सुर्खेतस्थित प्रदेश अस्पतालमा उनको नमुना परीक्षण भएको छ । उनको कोरोना परीक्षणको रिपोर्ट आउनै बाँकी रहेको छ।