स्वास्थ्य

नेपालमा कोरोनाबाट सातौं व्यक्तिको ज्यान गयो, दैलेखमा पुष्टी

काठमाडौं । दैलेखमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । दैलेखको दुल्लुस्थित विद्यूत कार्यालयमा बनाइएको क्वारेन्टिनमा शनिबार बिहान एक जनाको निधन भएको थियो । उनको शनिबार आएको कोरोना परीक्षणको रिपार्टे पोजेटिभ आएको छ ।

दुल्लु–११ का ३५ वर्षीय पुरुषको बिहान निधन भएको थियो । तीन दिन अगाडी नमुना संकलन गरिएकोमा शनिबार नतिजा आएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले पुष्टी गरेको छ ।

उनी ७९ जना साथीसहित १० दिन अघिमात्र भारतको गुजरातबाट गाउँ फर्किएको बताइएको छ । नेपालमा ६ जना बिरामीको मृत्युपछि मात्र कोरोना पुष्टी भएको छ । एक जनाको मात्र अगाडी कोरोना पुष्टी भएको थियो । अगाडी पुष्टी हुने गुल्मीका शिक्षक मात्र हुन् ।