फिचर

अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान एक महिना प्रतिबन्ध

काठमाडौं । नेपालमा लकडाउन १२ दिन थपेको सरकारले अन्तर्राष्ट्रिय सीमा नाका र हवाई उडान माथिको प्रतिवन्ध भने एक महिना थपेको छ । अब जुन ३० सम्म उडान अवतरण बन्द रहनेछन् भने सीमा नाकामा समेत कडाई गरिने भएको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन लकडाउन थपेको सरकारले अन्तर्राष्ट्रिय आवागमनमा समेत कडाई गर्ने निर्णय गरेको हो ।

संचारमन्त्री डा. युवराज खतिवडाका अनुसार शनिबार बसेको मन्त्रिपरिषद् बैठकले सीमा नाकामा हुने आवतजावत अझै कडाई गर्ने निर्णय भएको जानकारी दिए । सीमा नाका भने १६ असारसम्म बन्द रहनेछन् । यसअघि ३० जेठसम्म हवाई उडान र सीमा नाका बन्द थियो । यसबीचमा कोरोना अझ फैलने क्रममा रहेको छ ।

सरकारले यसबीचमा कोरोनाको परीक्षण बढाएपनि त्यसको फैलावट नियन्त्रणमा भने असफल भइसकेको छ । शनिबार मात्र करीव २ सयको हाराहारीमा नयाँ संक्रमित थपिएका छन् । शनिबारसम्म १४ सय भन्दा बढी मानिसमा कोरोना पुष्टी भएको छ । ७ जनाको ज्यान गइसकेको छ ।