फिचर

नेपालमा ८ लाख ग्राहकले निःशूल्क विद्युत सेवा पाउने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा मासिक १० यूनिटसम्म विद्युत खपत गर्ने ग्राहकलाई निशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ । यस्तो सुविधा नेपाल विद्युत् प्राधिकरणका करीव ८ लाख घरेलु ग्राहकले पाउने भएका छन् । बिहीबार संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७७\०७८ को बजेट वक्तव्यमा प्रतिमहिना १० युनिटभन्दा कम विद्युत खपत गर्ने ग्राहस्थ ग्राहक (परिवार) लाई विद्युत् निःशुल्क उपलब्ध गराउने उल्लेख भएको छ ।

उर्जा मन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् । प्राधिकरणका देशभर ४१ लाख ग्राहस्थ ग्राहक रहेको छन् । त्यसमध्ये मासिक १० युनिट भन्दा कम विजुली प्रयोग गर्ने ग्राहकको संख्या ८ लाख हाराहारी रहेको उनले जानकारी दिए । यस्तो ग्राहक आर्थिक रुपमा समेत विपन्न छन् । यसबोहक ठूलो आम्दानीको स्रोत नभएका धेरै ग्राहक यो सूचिमा पर्छन् ।

८ लाखमध्ये कतिपय ग्राहले नियमित न्यूनतम शुल्कसमेत बुझाउन नसक्दा प्राधिकरणले विद्युत् लाइन काट्ने समेत गरेको थियो । नेपालमा पहिलो पटक विपन्न वर्गका लागि सरकारले निशुल्क विजुली उपलब्ध गराउने कार्यक्रम आएको हो ।