समाचार

बाँके दुर्घटना : चालक र सहचालकको सनाखत

नेपालगन्ज । गतराती बाँकेमा भएको भयानक सडक दूर्घटनामा मृत्यु भएकामध्ये चालक र सहचालकको सनाखत भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको दुर्घटनामा १२ जनाको ज्यान गइसकेको छ । त्यसमध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।

अन्यको भने सनाखत गर्ने क्रममा जारी रहेको छ । टिकट नकाटी एकमुष्ट गाडीमा चढेका कारण मृतकहरुो सनाखतमा समस्या भएको प्रहरीले जनाएको छ । भारतबाट नेपाल आएका नेपाली नागरिकलाई नेपालगञ्जबाट सल्यानतर्फ लैजाँदै गरेको ना. ५ ख ५९९५ नम्बरको फोर्स गाडी सडकमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटनामा परेको थियो । घटनामा १२ जनाको ज्यान गएको हो ।