समाचार

बाँके दुर्घटनाका सबैको सनाखत, छानविन हुने

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका सबै नेपाली नागरिकको पहिचान भएको छ । गतराती १२ बजेतिर सडक किनारमा रोकिराखेको ट्रकमा यात्रुबाहक हायस गाडी ठोक्किदा भयानक दूर्घटना भएको थियो । सवारी दुर्घटनामा ज्यान गुमाएका १२ जनाकै सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा तिमबहादुर ओली, देउविर विक, बुद्धिराम विक, भिबहादुर विक, नरेन्द्र विक, मोहनचन्द्र विक, रामकुमार पुन, पूर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का र पवन भण्डारी छन् । उनीहरु अधिकांश रोल्पा र दाङका बासिन्दा हुन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत बाँकेको राप्ती सोनारी गाउँपालिका–२, ठुरिया जंगलमा फोर्स गाडी दुर्घटना भएको थियो ।

भारतको रुपैडिया नाकाबाट घर जान नेपाल छिरेका उनीहरु नेपालगन्ज हुँदै सल्यानतर्फ लागेका थिए । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएको हो । घटनामा २० जना घाइते भएका छन् । यसैबीच, गृहमन्त्री रामबहादुर थापाले दुर्घटनाको छानविन गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । उनले दुर्घटना प्रति दुख समेत व्यक्त गरेका छन् ।