समाचार

न्युयोर्कमा सोमबार रातभर कर्फ्यु

न्युयोर्क

न्युयोर्कमा सोमबार रातभरीका लागि कर्फ्यु  घोषणा गरिएको छ । न्युयोर्कमा गत सप्ताहन्तमा भएको प्रदर्शनी हिंसात्मक भए पछि कर्फ्यु लगाउनु परेको मेयर बिल दि ब्लाजियो र एन्ड्रु कुमोद्वारा जारी संयुक्त बिज्ञप्तीमा भनिएको छ । कर्फ्यु राती ११ बजेदेखि बिहान ५ बजेसम्मको लागि घोषणा गरिएको हो ।  

कर्फ्युको समयमा न्युयोर्क प्रहरी सुरक्षार्थ प्रहरीको संख्या दोब्बर बनाउने जनाएको छ । गभर्नर कुमोले आफु पनि प्रदर्शनको पक्षमा भएको तर प्रदर्शनलाई लुटपाट तोडफोड गर्ने कार्य गलत भएको बताएका छन् । ब्लाजियोले कर्फ्यु घोषणा गर्दै भनेका छन्; “आवाज पक्कै पनि सुनिइनु पर्द्छ, यो अति महत्वपूर्ण छ । तोडफोड र सम्पत्तिको नाशबाट सहरलाई जोगाउन आज राती गभर्नर कुमो र मैले संयुक्तरुपमा कर्फ्यु घोषणा गरेका छौं”

जर्ज फ्लोएडको मृत्‍यु प्रकरण पछि सुरु भएको प्रदर्शन लगातार एक हप्तादेखि जारी छ ।