मनोरञ्जन

उच्च व्यापारिक घरानाका संचालकहरु जुवाको खालबाट पक्राउ

फाइल तस्वीर

काठमाडौं । काठमाडौंमा सरकारी पास दूरुपयोग गर्दै होटेलमा जम्मा भएर जुवाको खालमा जमेका व्यापारिक घरानाका व्यक्तिहरु प्रहरीको फन्दामा परेका छन् । लकडाउनको मौकामा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्रेको हो ।

कमलादीस्थित गगौंर बुटिक होटलमा जुवाको खालबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले पुष्टी गरेको छ । व्यापारीहरु रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाई जुवाको खालबाट पक्राउ परेका हुन् ।

निक्की काठमाडौंस्थित एक होटल संचालक हुन् । रामचन्द्र सांघाइ ग्रुपका प्रवन्ध निर्देशक हुन् । अशोक विशाल ग्रुपका प्रवन्ध निर्देशक रहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २ लाख ७७ हजार नगद, क्वाइन, चिप्सलगायत बरामद भएको छ । यी सामान क्यासिनो खेलमा प्रयोग हुन्छन् । लकडाउनको अवधिमा अधिकांश व्यापारीले सवारी पास बनाएका छन् ।