रोचक खवर

धरानबाट एकै पटक १८ जना डिस्चार्ज

धरान । धरानमा उपचारार्थ भर्ना भएका १८ जना कोरोना संक्रमित बिरामी एकै पटक डिस्चार्ज भएका छन् । प्रदेश १ का सुनसरी र झापाका १८ जना संक्रमित कोरोनालाई जित्न सफल भएका हुन् । उनीहरु सोमबार राती डिस्चार्ज भए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज हुनेहरु सुनसरी धरान–१३ कि ५१ वर्षीय महिला र झापाका १७ पुरुष रहेका छन् ।

लगातार दुई पटक पीसीआर परीक्षणको नजिता नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएको प्रतिष्ठानले जनाएको छ । कोरोना जितेर डिस्चार्ज भएका व्यक्तिलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साह लगायतले पुष्पगुच्छा दिएर बिदाई गरे । प्रतिष्ठानमा अझै शंकास्पद ५ जना र संक्रमित ८० जना उपचारका क्रममा रहेका छन् । त्यसमध्ये धेरैजसो झापाका स्थानीय हुन् ।