समाचार

थप २९ जनामा कोरोना संक्रमण

काठमाडौं । कर्णाली प्रदेशमा २९ जना कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सामाजिक विकास मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार प्रदेश अस्पताल र पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २९ जनामा संक्रमण देखिएको हो ।

संक्रमितहरु सुर्खेतका ११ जना, वीरेन्द्रनगर नगरपालिका १ र ३ का ११ जना १७ देखि ५० वर्ष उमेर समूहका छन् । ती ११ जना सबै पुरुष हुन् । सल्यानको दार्मा गाउँपालिका १, २, ३ र ४ का ९ जना ३५ देखि ५० वर्ष उमेर समूहका पुरुष छन् ।

अछाम मंगलसेन नगरपालिका ४ का एकजना २३ वर्षीय पुरुष र सोही जिल्लाको मेल्लेख गाउँपालिका ४ मा ९ जना कोरोना संक्रमितका २ जना २७ र ३० वर्षका महिला र अन्य ७ जना २२ देखि ४० वर्षसम्मका पुरुष छन् । यस प्रदेशमा कुल कोरोना संक्रमितको संख्या २६२ पुगेको महाशाखाले जनाएको छ