समाचार

नेपालमा एकै दिन थपिए २ सय ८८ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यो एकै दिन थपिएका संक्रमितको अहिलेसम्मकै उच्च संख्या हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार २६६ जना निको भएर घर फर्किएका छन् भने ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ।