समाचार

डोल्पामा ठूलो भेरी नदीले बगाउँदा तीन बालबालिकाको मृत्यु

डोल्पा । डोल्पाका ठुलीभेरी नदीले बगाउँदा तीन जना बालबालिकाको ज्यान गएको छ । डोल्पाको ठुलीभेरी नगरपालिका ९ मोतिपुरकी १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीय विजय कठायतलाई नदीले बगाएको थियो । उनीहरुमध्ये यशोदा र विजयलाई नदीले दुई किलोमिटर तल बगाउँदै गरेको अवस्थामा उद्धार गरी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

गंगाको भने मृत शरीर फेला परेको थियो । डोल्पा प्रहरीका अनुसार गाइबस्तु चराउन गएका बालबालिका भेरी नदी तर्ने क्रममा नदीले बगाएको हो । लकडाउनपछि स्कूल बिदा छ । सोहीकारण बालबालिका घरको काममा व्यस्त भएका बेला दुखद घटना भएको हो ।