समाचार

सात वर्षीय नाबालकले चलाएको गाडी दुर्घटना हुँदा दाजु भाइको मृत्‍यु

न्युयोर्क

अमेरिकाको मिजौरीस्थित एक ७ वर्षीय बालकले आफ्नो हजुरआमाको कार चोरेर साथमा ६ वर्षीय भाइलाई चढाएर कुदाउँदा दुर्घटनामा परि दाजुभाइ दुबैको मृत्‍यु भएको छ । ती सात वर्षीय बालकले चलाएको आफ्नी हजुरआमाको २००७ मोडलको ‘बियुक लाकोर्स” कार खुल्ला चौर हुँदै स्थानीय ज्याक्सन काउन्टीको रोडमा कुदेको मिजौरी हाईवे प्रहरीले बताएको छ । प्रहरीको अनुसार ७ वर्षीय गाडी चालकले सन्तुलन गुमाए पछि दुर्घटना हुँदा गाडी दुई पटक हावामा घुमेर बारमा ठोक्किएर आगो लाग्दा दुबै नाबालकलाई घटनास्थलमा मृतक घोषणा गरिएको थियो । गाडी उच्च स्पिड कुदेको कारण असन्तुलित भएर पल्टिन पुगेको प्रहरी श्रोतले बताएको छ । दुर्घटनाको थप अनुसन्धान भै रहेको छ ।

घटना गत हप्ता मेई २९ तारिख शुक्रबार ४ बजेर २० मिनेट जाँदा घटेको हो । दुर्घटनामा मृत्‍यु हुने नाबालकको नाम तथा अन्य विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।