समाचार

नेपालमा कोरोनाबाट ९औं व्यक्तिको निधन

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ९ औं व्यक्तिको ज्यान गएको छ । दोलखाका एक व्यक्तिको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।

दोलखा भिमेश्वर नगरपालिका-२ का ७६ वर्षीय वृद्धको महाराजगन्जस्थित टिचिङ अस्पतालको गणेशमान भवनको आइसियूमा उपचार भइरहेको थियो। उनलाई काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट जेठ १४ गते राति टिचिङ ल्याइएको थियो। उनको न्यूरो सर्जरी समेत गरिएको थियो।

दोलखामा ७६ वर्षिय पुरुषको कोरोनाले मृत्यु भएको हो । यसअघि, सिन्धुपाल्चोक, गुल्मी, बाँके, दैलेख, ललितपुरमा कोरोनाका कारण मानिसहरुको ज्यान गएको थियो ।