फिचर

कोरोना महामारीमा अहिलेसम्म १० अर्ब खर्च

काठमाडौं । सरकारले कोरोना महामारी नियन्त्रण तथा रोकथाममा अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारका तीन वटै तहबाट यो रकम खर्च भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कोरोना नियन्त्रण उपचार, क्वारेन्टाइन निर्माण र राहत वितरणमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए ।

उनको अनुसार कोरोना महामारी नियन्त्रण कोष, सरकारबाट विनियोजित रकम र प्रदेश तथा स्थानीय सरकारबाट यो रकम रकम खर्च भएको हो । कोरोना कोष र संघीय सरकारबाट ६ अर्ब ३ करोड, प्रदेश सरकारबाट १ अर्ब ८ करोड र स्थानीय तहबाट २ अर्ब ७६ करोड रुपैयाँ खर्च भएको हो । स्थानीय तहबाट खर्चको विवरण आउने क्रम जारी रहेका कारण खर्च अझै बढ्ने उनले जनाए ।