समाचार

नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

बुधबार राति मृत्यु भएका सुर्खेतका एकजना युवामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटा बताए ।  पञ्चपुरी नगरपालिका–१ हाँसे गाउँका ती युवा १४ दिन क्वारेन्टिनमा बसेर घर फर्किएका थिए। उनको घर फर्किएकै राति मृत्यु भएको हो।

शंकास्पद ढंगले ज्यान गुमाएका ति युवाको स्वाव परीक्षण गरिएको थियो ।

क्वारेन्टाइनमा १४ दिन बसेर दुईपटक आरडीटी किट परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि ती युवकलाई बुधबार घर पठाइएको थियो । उनी भारतको मुम्बईबाट जेठ सात गते सुर्खेत आएका थिए ।

युवकसहित जनता मावि विद्यापुर क्वारेन्टिनमा रहेका वडा नम्बर १ का ६ जनालाई बुधबार दिउँसो घर पठाइएको थियो । क्वारेन्टिनस्थलबाट रातको करिब ११ बजे गाउँ पुगेका मृतकसहित ६ जनालाई घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा राखिएको थियो । सोही स्थानमा उनको मृत्यु भएको थियो ।

उनी नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने ११ औं ब्यक्ति हुन । बिहिबार पनि पाल्पाका ४५ वर्षीय एक पुरुषले कोरोनाबाटै ज्यान गुमाएका थिए ।