समाचार

अमेरिकामा बेरोजगारी घटेको देखेर जर्ज फ्लोएड स्वर्गबाट तल हेर्दै खुसी भई रहेका छन्; राष्ट्रपति ट्रम्प

न्युयोर्क

शुक्रबार राष्ट्रपति ट्रम्पले यो महिना अमेरिकामा घटेको बेरोजगारी संख्या देखेर जर्ज फ्लोएडले स्वर्गबाट तल हेर्दै “कस्तो राम्रो दिन” भनि रहेको बताएका छन् ।  शुक्रबार लेबर डिपार्मेन्टको रिपोर्ट अनुसार अमेरिकामा राष्ट्रिय बेरोजगारी दर १४ दशमलव ७ बाट १३ दशमलव ३ मा झरेको छ । ट्रम्पले लेबर डिपार्टमेन्टको यो रिपोर्टले गत हप्ता प्रहरीले गर्धन थिचेर मारिएका फ्लोएडलाई केही शान्ति मिल्ने आशा ब्यक्त गर्दै भनें; “आशा गरौं केही शान्ति मिल्ने छ” ।  

ह्वाइट हाउस रोज गार्डनबाट झन्डै ४० मिनेट लामो प्रेस ब्रिफिङको दौरान जर्ज फ्लोएडलाई जोड्दै ट्रम्पले भनें; “आशा गरौं जर्जले अहिले हाम्रो देशको लागि भएको यस्तो राम्रो तल तिर हेर्दै छन् होला । यो दिन जर्जको लागि पनि ठुलो दिन, सबैको लागि ठुलो दिन हो” ।

फ्लोएडको प्रसंगमा राष्ट्रपति ट्रम्पको यो भनाई आउँदा दिनहुँ जसो हजारौंको सहभगितामा राष्ट्रियरुपमा प्रदर्शन भै रहेका छन् भने देशमा कोरोना संक्रमणबाट १ लाख १० हजारको मृत्‍यु भै सकेको छ । राष्ट्रपति ट्रम्पले २५ लाख नयाँ जागिर सिर्जना हुँदै बेरोजगारीमा १ दशमलब ५ प्रतिशतले गिरावट आएको प्रसँगमा बोलेका हुन् ।