समाचार

न्युयोर्क बफेलोमा ५७ प्रहरीको सामुहिक राजिनामा

न्युयोर्क

न्युयोर्क राज्यको बफेलो प्रहरी डिपार्टमेन्टमा कार्यरत करिब ६ दर्जन प्रहरीले बिहीवार  आफ्नो डिपार्टमेन्टमा कार्यरत दुई प्रहरीलाई निलम्बन गरेको बिरोधमा एक मुष्ट राजिनामा दिएका छन् । अमेरिकाभर जारी रंगभेद बिरुद्धको आन्दोलनमा सहभागी एक ७५ बर्षीय बृद्धलाई दुई प्रहरीले धक्का दिएर लडाए पछि सार्वजनिक भएको भिडियोको आधारमा उनिहरुलाई प्रहरी प्रशासनले बिहीवार निलम्बन गरेको थियो । ती ७५ वर्षीय बृद्ध घाईते अवस्थामा अस्पतालमा उपचारत छन् । सहकर्मी दुई प्रहरीलाई निलम्बन गरेको बिरोधमा सेवाबाट एक मुष्ट राजिनामा दिने ५७ जना प्रहरी सबै सार्वजनिक अशान्तिमा बिशेष तालिम प्राप्त प्रहरी भएको जनाईएको छ । ५७ जना प्रहरीले एक मुष्ट राजिनामा दिएको प्रहरी युनियन प्रेसिडेन्ट जोन ईभान्सले डब्लुजिआरजेडलाई बताएका                         छन् । बेफेलो मेयर अफिसका प्रबक्ताले पनि प्रहरीको सामुहिक राजिनामाको पुष्टी गरेका छन् ।  

प्रदर्शनमा घाईते हुने ७५ बर्षीय बृद्ध सामाजिक न्यायको लागि लामो समय काम गरेका मार्टिन गुजिनो हुन्।