समाचार

नेपालमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३४४८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् ।

दुई हजार ९६८ जनाको देशभरका विभिन्‍न अस्पताल र आइसोलेसन सेन्टरमा उपचार भइरहेको छ ।

देशभरका विभिन्‍न अस्पतालबाट ४६७ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । जसमा पुरुषहरु ३९९ जना र ६८ जना महिला रहेका छन् ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ३४४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिएका छन् । कोरोना संक्रमणबाट नेपालमा १३ जनाले ज्यान गुमाएका छन् ।