समाचार

गोरा प्रहरी र समुदायका मानिसले धोए अश्वेत धार्मिक नेताको गोडा (भिडियो सहित)

न्युयोर्क

अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा गोरा जातीका प्रहरी र समुदायका मानिसले संयुक्तरुपमा अश्वेत धार्मिक गुरुको गोडा धोएका छन् । धार्मिक ग्रन्थ बाईबलमा जिजस क्राईस्टले आफ्ना चेलाहरुको खुट्टा धोएको विश्वासमा शनिबार नर्थ क्यारोलाइनास्थित क्यारीमा रंगभेद बिरुद्धको आन्दोलनमा सहभागी अश्वेत नेताहरुको खुट्टा धोएको स्थानीय न्युज कोलोनीले जनाएको छ ।  

सामाजिक संजालमा सार्वजनिक भिडियो र फोटोमा स्थानीय लेगेसी चर्चको पास्टर फेथ वोकोमा र उनको पति सोबोमालाई कुर्सीमा राखेर प्रहरी अफिसर र अन्य केही ब्यक्तीले खुट्टा धोएका हुन्। मिनियापोलिसमा प्रहरी कस्टडीमा मृत्‍यु भएका जर्ज फ्लोएडको गर्धनमा प्रहरीले घुँडाले थिचेको समय अवधी ८ मिनेट ४६ सेकेण्डसम्म उक्त कार्यक्रममा मौनधारण समेत गरिएको थियो ।
https://youtu.be/x-ZdAIPJ9RM