समाचार

आज कांग्रेस कार्यसमितिको बैठक, सरकारका कामबारे समिक्षा गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कांगेस सचिवालयले जानकारी दिएको छ । बैठकमा कोरोना भाइरस संक्रमण र यसको रोकथाममा सरकारले गरेका कामको समिक्षा हुने भएको छ ।

संविधान संशोधन, एमसीसीलगायत समसामयीक विषयमा समेत छलफलको तयारी रहेको छ । सरकारले हालै ल्याएको बजेटका सम्बन्धमा संसदमा वहस जारी छ । यस विषयले समेत बैठकमा प्रवेश पाउने बताइएको छ ।