मनोरञ्जन

यूरोपमा फर्किदै खेल माहौल, आजबाट लालिगा

बार्सिलोना । संसारमा सम्भवतः धेरै हेरिने लीगमध्ये एक लालिगा आजबाट पुनः शुरु हुँदैछ । स्पेनिस ला लिगा फुटबलका खेल आजबाट पुनः शुरु हुन लागेको यूरोपेली संचारमाध्यमले जनाएको छन् । विश्वव्यापी महामारीबाट माथि उठ्दै यूरोप अब सामान्य जनजिवनमा फर्कने प्रयासमा छ । सोहीक्रममा ला लिगा शुरु हुन लागेको हो। यो लीग विश्वका दुई ठूला क्लव बार्सिलोना र रियल मड्रिडका कारण चर्चामा रहन्छ ।

अर्जेटिनी स्टार मेसी बार्सिलोनाबाट खेल्छन् । स्पेन सरकारको खेलकुद विभागले स्पेनिस फुटबल महासंघ र ला लिगासँग लिग पुनः सुरु गर्ने सहमति गरेपछि ला लिगाका बाँकी ११ चरणका खेल शुरु हुन लागेको हो । खेल टेलिभिजनमा मात्र हेर्न सकिनेछ । दर्शकलाई रंगशालमा जाने अनुमति भने तत्काल दिइने छैन ।

खेलहरु बन्द रंगशालामा हुनेछन् । बिहीबार पहिलो खेलमा सेभिया र रियाल बेटिस भिड्नेछन्। यो खेल नेपाली समय अनुसार आज राति पौने दुई बजे हुनेछ। ला लिगामा २७ खेल सकिँदा बार्सिलोना ५८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियाल मड्रिड छ । उसको ५६ अंक छ।