स्वास्थ्य

अमेरिकाको टेक्ससमा बढन थाल्यो कोरोना संक्रमितको संख्या

टेक्सस

अमेरिकाको टेक्सस राज्यमा मंगलवार अहिलेसम्म कै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । महामारी सुरु भए यता यस अघि सबैभन्दा धेरै संक्रमित मेई ३१ का दिन १ हजार ९ सय ४९ देखिएको टेक्ससमा गत मंगलवार भने एकै दिन २ हजार ५ सय ४ जना संक्रमित देखिएका छन् । टेक्ससमा राज्यको अर्थतन्त्र तेश्रो चरणमा पुन: सुचारु भएको एक हप्तापछि त्यति उच्च संख्यामा संक्रमित देखिएका हुन । टेक्ससमा संक्रमितको संख्या मात्र होईन लगातार सोमबार, मंगलवार र बुधबार क्रमश: अस्पातल भर्ना हुनेहरुको संख्या समेत बढ्दै गयो । सोमबारका दिन १९३५, मंगलवार   २०५६ र बुधबार २१५३ जना संक्रमणको कारण अस्पताल भर्ना भएको डिपार्टमेन्ट अफ स्टेट हेल्थले जनाएको छ ।  

टेक्ससमा ट्रिब्युनका अनुसार मंगलवार देखिएका अधिकांस संक्रमित जेफर्सन काउन्टीबाट छन् भने त्यसपछि हेरिस काउन्टी, डलास काउन्टी, बेक्सर काउन्टी र ट्रभिस काउन्टीबाट रहेका छन्