समाचार

थप ६१ जना कोरोना संक्रमणमुक्त, ९७४ निको भए

फाइलफोटो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् ।

संक्रमण मुक्त हुनेमा ५५ जना पुरुष र ६ जना महिला रहेका छन् । नारायणी अस्पतालमा उपचाररत १२ जना ,पाटन अस्पतालमा उपचाररत १ जना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३, रौतहटको गौरमा उपचाररत ९ जना समेत संक्रमणमुक्त भएका छन्।

यस्तै डडेल्धुरामा उपचाररत ५ जना, दार्चुलाबाट १ जना, डोटीबाट १ जना, सेती प्रादेशिक अस्तपालबाट ६ जना, सहपूर्वा बाँकेबाट १६ जना र दाङमा उपचाररत ६ जना संक्रमण मुक्त भएर घर फर्किएका हुन् ।

यो सहित डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको छ। जसमध्ये पुरुष ८७७ र महिला ९७ जना छन्।