विश्व

बेइजिङमा कोरोना फैलन सक्ने आंशका, मानिसको गतिविधि बन्द

काठमाडौं । चीनको राजधानी बेइजिङमा कोरोना भाइरसको जोखिम बढेपछि बढी भिडभाड हुने क्षेत्र बन्द गराइएको छ । बेइजिङका सबै जसो जिल्लामा विद्यालय बन्द भएका छन् । सुरक्षा चेक जाँच बढाइएको छ । बेइजिङवासीलाई कोरोना परीक्षण गराउन समेत सरकारले आग्रह गरेको छ । यस शहरका सबै खेल र मनोरन्जन स्थल बन्द गरिएका छन् ।

अब समुहमा हिडडुल गर्न र भेला हुन सकेत रोक लगाइएको छ । सुपरमार्केट र कार्यालयहरुमा प्रवेश गर्दा शरीरको तापक्रम अनिवार्य लिनुपर्ने भएको छ । अन्य क्षेत्रबाट बेइजिङ आउन र बेइजिङबाट अन्य क्षेत्रमा जान समेत कडा प्रावधानहरु लगाइएका छन् ।

बेइजिङ आगमनमा स्वास्थ्य जाँच कडा गरिएको हो । कोरोना संक्रमणको दोस्रो लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भएको छ । सिन्फाडी नामक होलसेल मार्केटका जनरल म्यानेजरलाई स्थानीय सरकारले बर्खास्त समेत गरिसकेको छ ।

मार्केटमा ७९ जना संक्रमित फेला परेका थिए । यो होलसेल मार्केटका १० हजार कर्मचारीमा कोरोना भाइरसको परीक्षण गर्ने तयारी छ । चीनकै बुहान शहरबाट शुरु भएको कोरोनाले संसारका धेरै देश प्रभावित बनेपनि चीन भने पछिल्लो समय शान्त थियो ।