विश्व

भारत-चीन सीमामा तनाव, भिडन्तमा मारिने भारतीय सैनिकको संख्या २०

नयाँ दिल्ली । भारत-चीन सीमा विवाद बढ्दै जाँदा त्यसले भयानक रुप लिएको छ । लद्दाखमा सोमबार भएको भिडन्तमा मारिने भारतीय सैनिकको संख्या २० पुगेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । चीनसँगको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको आजतकमा उल्लेख छ ।

यसबाहेक दैनिक भास्करसहित सबैजसो भारतीय सञ्चारमाध्यमले २० जना मारिएको तथ्य पुष्टी गरेका छन् । लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा चीनसँगको झडप यो हताहती भएको हो । भारतीय संचारमाध्यमले चीनतर्फ ४३ जनाको ज्यान गएको बताएका छन् ।

चीनले भने अझै औपचारिक रुपमा क्षतिको विवरण बाहिर ल्याएको छैन । यस क्षेत्रमा पछिल्लो ४१ दिनदेखि तनाव रहेको छ । तनाव कम गर्नका लागि छलफल भइरहेको थियो ।

वार्ता मिलेको बताइरहँदा अचानक भयानक भिडन्तको दृष्य बाहिर आएको हो । भारतीय सैनिकतर्फ ज्यान गुमाउनेमा १६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झासहित २० जना रहेका छन् ।