डायस्पोरा

शियाटलमा व्यवसायिक सेमिनार हुने

 

विश्व न्यूज संवाददाता
अमेरिका ।
अमेरिकामा रहेका नेपाली व्यापारी र व्यवसायी तथा अमेरिकाको बजार लक्षित व्यापार व्यवसायमा संलग्न नेपालका व्यापारी व्यवसायीका लागि अमेरिकाको वासिङ्टन राज्यको शियाटलमा व्यवसायीक सेमिनार हुने भएको छ ।
वासिङ्टन राज्यका लागि अवैतनिक वाणिज्य दुत एसी शेर्पाको पहलमा जुलाई २६ मा सेमिनार आयोजना गरिएको हो । मुख्य ३ उद्देश्यमा केन्द्रीत रहेर सेमिनार गर्न लागिएको शेर्पाले बताए । उनका अनुसार अमेरिकामा रहेका नेपाली व्यापारी व्यवसायीलाई यहाको सम्बन्धित सरकारी अधिकारीहरु मार्फत विभिन्न व्यवसायीक पक्षका बारेमा जानकारी गराउने, अमेरिकाले नेपाललाई उपलब्ध गराएको कर रहीत वस्तुहरु बारे जानकारी गराउदैं त्यस्ता वस्तुहरु भित्राउन तथा नेपालवाट पठाउन व्यवसायीहरुलाई आह्वान गर्ने, भ्रमण वर्ष २०२० का बारेमा जानकारी गराउदैं बढी भन्दा बढी अमेरिकावाट पर्यटक नेपाल पठाउनका लागि सन्देश प्रवाह गर्नुका साथैं नेपालमा लगानी गर्नका लागि समेत आह्वान गर्ने गरी कार्यक्रम केन्द्रीत रहनेछ ।
विजनेश कोलावोरेशन प्रोगाम नाम दिएर गर्न लागिएको सेमिनारमा नेपाल सरकारको तर्फवाट अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कुमार कार्की, वासिङ्टन राज्यका गर्भनर जे इन्स्लिी, गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त लगायत अमेरिकामा विभिन्न क्षेत्रका सरकारी अधिकारीहरु, नेपाली व्यापारी व्यवसायीहरुको सहभागिता रहने एनआरएनएका पूर्व उप क्षेत्रीय संयोजक समेत रहेका शेर्पाले जनाए ।