14-Nov-2019 | २८ कार्तिक २०७६, बिहीबार

जून पनि सधैभरि कहाँ झुल्किन्छ र

४ असार २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


गीत

रन्जु मार्ग

कहिले काही सम्झना आए ,बोलाउनु है ,
हिजोका ती बैगुनहरु ,नकेलाउनु है ।

जून पनि सधैभरि कहाँ झुल्किन्छ र ,
फूलपनि सधैभरि कहाँ फूली रहन्छ र ,
एकैनास हुन्न जीवन ,मन बुझाउनु है
हिजोका ती बैगुनहरु ,नकेलाउनु है ।

तराजुमा मायालाई जोखन सकिन्न
माया हुन्छ छाती भित्र देखन सकिन्न
सकिएन रोक्न त्यो पल , मन बुझाउनु है
हिजोका ती बैगुनहरु ,नकेलाउनु है ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार