समाचार

ओकासा - कोर्टेज भारी मतान्तरले डेमोक्र्याटिक पार्टीबाट पुन: निर्वाचित

न्युयोर्क     

डेमोक्र्याटिक पार्टीकी न्युयोर्क राज्य सभासद अलेक्जेन्ड्रीया ओकासा – कोर्टेजले मंगलवार भएको निर्वाचनमा भारी मतान्तरमा जित हासिल गरेकी छिंन् । न्युयोर्क राज्यको डिस्ट्रिक १४ बाट अमेरिकी कङ्रेसको तल्लो सदनमा प्रतिनिधित्वको लागि मंगलवार भएको डेमोक्र्याटिक पार्टीको आन्तरिक निर्वाचनमा उनले ५३ वर्षीय पूर्व टेलिभिजन होस्ट मिसेल क्रुसो कब्रेरालाई ७० प्रतिशत मतान्तरमा जित हासिल गरेकी हुन् । ३० बर्षीया अलेक्जेन्ड्रिया ओकासा – कोर्टेज  डेमोक्र्याटिक पार्टीकी समाजबादी धारकी नेता मानिन्छिन् । कोर्टेजले सन् २०१८ मा न्युयोर्कको राजनीतिमा लामो समय एकछत्र राज गरेका आफ्नै पार्टिका जोसेफ क्राउलीलाई पराजित गर्दै अमेरिकि तल्लो सदनमा न्युयोर्कबाट प्रतिनिधित्व गरेकी थिईन । कोर्टेजले मंगलवारको निर्वाचनमा पुन: बिजयी भएपछि ट्विटरमा लेखिन्; ‘धेरै मेरा आलोचकले सन् २०१८ मा मेरो बिजयलाई संयोग भनेका थिए । त्यसैले आजको निर्वाचनको मेरो जितले दुई बर्ष अगाडिको जित संयोगबस भएको जित थिएन भन्ने पुष्टी गरेको छ’ ।

निर्वाचनको क्रममा कोर्टेजले एक करोड पाँच लाख अमेरिकी डलर चन्दा संकलन गरेकी थिईन भने प्रतिद्वन्दी कब्रेराले २० लाख चन्दा उठाउन सफल भएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।  

कोर्टेजले प्रतिनिधित्व गर्ने डिस्ट्रिक १४ कुईन्स र ब्रोंक्सको केही भाग पर्दछ ।