समाचार

कोरोनाको रिपोर्टिङ गरेपछि चीनमा पत्रकार बेपत्ता हुँदै; कोरोनाको भिडियो राख्दा महिला पक्राऊ

एजेन्सी

चीनको उहानमा बसेर कोरोना भाईरस नियन्त्रणमा सरकारको फितलो प्रयास देखिने भिडियो सोसल मिडियामा राखेका कारण एक महिला नागरिक पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ३७ बर्षीया कानून ब्यबसायी झाङ झानले गत फेब्रुअरीमा कोरोना महामारीको समयमा चीनबाट ‘लाइभ स्ट्रिमिङ’ गर्दै सरकारले कोरोना नियन्त्रणमा गरेको फितलो प्रयासको पाटो देखाएकी थिईन् । उनलाई संघाईबाट गत शुक्रबार नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको साउथ चाईना मर्निङ पोष्टले जनाएको छ । उनी माथि सर्वसाधारणलाई खलल पुर्याएको अभियोग लगाईएको उनको पिताले पुष्टी गरेको पनि साउथ चाईना मर्निङ पोस्टले लेखेको छ ।  

संघाईबासी झान गत फेब्रुअरीमा उहान गएकी थिईन । त्यतिबेला उनले उहान शहरमा जे बातावरण थियो त्यसलाई ‘लाइभ स्ट्रिमिङ’ गर्दै ट्विटर, युट्युब लगायत अन्य सोसल मिडियामा राखेकी थिईन ।  भिडियोको साथमा झानले कोरोना रोकथामका बिषयमा त्यहाँका सरकारी अधिकारीहरुको फितलो प्रयासलाई पनि सोसल मिडियामा उजागर गरेकी थिईन ।  

ती नागरिक पत्रकारलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनका ६३ बर्षीय पिताले ‘हाम्रो कोहीसँग चिनजान पनि छैन र छोरी छुटाउन पैसा पनि छैन’ भन्दै चिन्ता ब्यक्त गरेका छन् 

चीनको उहानमा कोरोना महामारी पछि सामाजिक संजालमा रिपोर्टिङ गर्ने अन्य तीन जना नागरिक पत्रकार बेपत्ता भएको पनि साउथ चाईना मर्निङ पोस्टले जनाएको छ ।  अप्रिल अन्त्यसम्म सामाजिक संजालमा सकृय लि – जिहुआ नामका नागरिक पत्रकार दुई महिनादेखि  बेपत्ता छन् । त्यस्तै पूर्व मानबधिकारबादी वकिल चेन क्युसी जो भिडियो पत्रकारिता पनि गर्दथे, उनी गत जनवरीमा उहान गएका थिए । क्युसी पनि त्यसपछि कसैको संपर्कमा छैनन् । अर्का ब्लगर फाङ् बिन पनि हराएका छन् ।