समाचार

क्यालिफोर्नियामा भुकम्पको ठुलो धक्का

क्यालिफोर्निया

मध्य क्यलिफोर्नियामा बुधबार ५ दशमलब ८ म्याग्निच्युडको भुकम्प गएको छ । यु एस जियोलोगिकल सर्भेका अनुसार केन्द्र बिन्दु रिजक्रेस्टबाट ६० माईल्स उत्तर पश्चिमको ओएन्स भ्याली क्षेत्रमा परेको भुकम्पको  धक्का बिहान १० बजेर ४० मिनेट जाँदा महसुस गरिएको थियो । 

भुकम्पको केन्द्र बिन्दुबाट झन्डै २४० माईल्स टाढाको सेक्रेमेन्टोसम्म धक्का महसुस गरिएको थियो । ५ दशमलब ८ रेक्टरको भुकम्प पछि १० पटकसम्म भुकम्पको पराकम्पन महसुस गरिएको थियो । भुकम्प पछि पहाडबाट ढुंगा गुडेको र धुलो समेत उडेको स्थानीय सेरिफ डिपार्टमेन्टले जनाएको छ ।