समाचार

खुल्यो आईफल टावर

एजेन्सी

बिगत तीन महिनादेखि बन्द रहेको आईफल टावर खुलेको छ । कोरोनाभाइरसको संक्रमणका कारण टावर क्षेत्र तीन महिनाभन्दा अघि बन्द गरिएको थियो। टावर खुल्ला गरिए पनि कोरोना महामारी भन्दा अगाडिको जस्तो पूर्ण सहज ढंगले भने टावर खोलिएको होईन ।  

अहिले राजधानी पेरिस सहित आईफल टावर क्षेत्रलाई सीमित रूपमा सञ्चालनमा ल्याइएको छ। त्यहाँ मानिसको संख्यालाई गनेर सामाजिक दुरी कायम हुने गरी प्रवेश दिइनेछ भने ११ वर्षमाथिका सबैले अनिवार्य रूपमा मास्क लगाउनुपर्नेछ।

दोस्रो तलाभन्दा माथि कर्मचारीबाहेक अरूले प्रवेश पाउने छैनन्।

जुलाई १ सम्म लिफ्ट (एलिभेटर) नचलाइने भएकाले सबैले सिँढी प्रयोग गर्नु बि बि सिले जनाएको छ ।  

सन् १८८९ मा निर्माण सम्पन्न भएको आईफल  टावरमा प्रति वर्ष ७० लाखभन्दा बढी मानिस भ्रमण गर्ने गर्दछन् ।   

फ्रान्समा बुधबारसम्मा १ लाख ९७ हजार ८ सय ८५ संक्रमित र २९ हजार ७ सय ३४ को मृत्‍यु भएको जोन हपकिन्स युनिभर्सिटीले जनाएको छ । त्यहाँ  गत जुन १५ देखि राष्ट्रपतिले लकडाउनका बेला लगाइएका केही प्रतिबन्धहरू खुकुलो बनाउने घोषणा गरेका थिए।

अहिले त्यहाँ क्याफे र रेस्टुराँहरू खुलेका छन् भने युरोप भित्र यात्रा गर्न पाइन्छ।