समाचार

राष्ट्रपति ट्रम्पका चुनाव प्रचार समितिका सबै कर्मचारीलाई क्वारेन्टिनमा राखियो

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता ओक्लोहामामा आयोजना गरेको चुनावी सभा ब्यबस्थापनका सबै कर्मचारीलाई क्वारेन्टिनमा बस्न भनिएको छ । उक्त चुनावी सभा ब्यबस्थापनका अन्य ८ जना कर्मचारीमा  कोरोना संक्रमण देखिए पछि बाँकी सबै कर्मचारीलाई घर मै ‘क्वारेन्टिन’ मा बस्न भनिएको हो । ट्रम्पको चुनाव प्रचार प्रसार समितिले समुदायका मानिसहरुमा संक्रमण नफैलियोस भनेर समितिले नै अन्य सदश्यलाई क्वारेन्टिनमा राख्ने निर्णय गरेको हो ।

उक्त चुनावी सभाको सुरक्षार्थ खटेका दर्जनौं गोप्य सेवाका सदश्यलाई पनि घर फर्किएर क्वारेन्टिनमा बस्न भनिए पछि मात्र ट्रम्पको चुनावी सभा ब्यबस्थापनका कर्मचारीलाई पनि क्वारेन्टिनमा पठाईएको हो । ट्रम्प चुनाव प्रचार प्रसार समितिका निर्देशक टिम मर्टगले टुल्साको चुनावी सभामा गएका कर्मचारीहरु सावधानीका लागि हाल घरमा बसेर काम गर्दै आएका छन् । ‘उनिहरुको संक्रमण जाँच गरिने छ र कार्यालयमा फर्किने छन्’ भनेको सिएनएनले समाचारमा जनाएको छ ।  

ह्वाईट हाऊसले उक्त चुनावी सभामा संक्रमण फैलिन सक्ने बिषयलाई त्यतिबेला वास्ता गरेको थिएन । चुनावी सभामा मास्क र सेनिटाईजर बितरण गरिने भनिए पनि मास्कलाई अनिबार्य गरिएको थिएन । चुनाव प्रचार प्रसार समितिका ६ जना कर्मचारी टुल्सा सभा भन्दा अगाडि संक्रमित भएका थिए भने दुई जना सभापछि संक्रमित देखिएका थिए ।  

एजेन्सी