समाचार

अमेरिकाको तल्लो सदनबाट वासिङ्टन डिसिलाई ५१ औं राज्य बनाउने प्रस्ताव बहुमतले पास

अमेरिकाको महत्वपूर्ण तर ५० वटै राज्य भित्र नपरेको देश कै राजधानी वासिङ्टन डिसिलाई अब ५१ औं राज्य बनाउने बहस अमेरिकामा सुरु भएको छ । अमेरिकाको राजधानी वासिङ्टन डिसिलाई ५१ औं राज्य बनाउने बिधेयक आज शुक्रबार डेमोक्र्याट पार्टी नियन्त्रित तल्लो सदनबाट पास भएको छ । डिसीलाई ५१ औं राज्य बनाउने  बिधेयक डिसीस्थित मतदानको अधिकार नभएका सभासद ईलीएनोर होल्मस् नर्टनले सदनमा पेस गरेका थिए भने उक्त बिधेयक २३२- १८० सदश्य संख्याको बहुमतले पास गरेको थियो । सात लाख भन्दा धेरै जनसंख्या भएको वासिङ्टन डिसि भित्र ह्वाईट हाऊस, क्यापिटल भवन,सुप्रिम कोर्ट, नेशनल मल लगायत अन्य थुप्रै संघीय सरकारी कार्यालयका भवन छँन् । तर सिनेटर र हाऊस अफ रिप्रिजेन्टिभ छनौट गर्ने अधिकार हाल डिसि सहरमा बसोबास गर्ने जनतालाई नभएको भन्दै संघीय सरकारलाई अन्य राज्यमा बसोबास गर्नेहरु सरह कर तिर्ने तर सदनमा आफ्नो प्रतिनिधि चुन्न नपाउने अवस्था भएको कारण ५१ राज्य प्रस्ताव गरिएको बिधेयक सदनबाट पास गरिएको हो । आज तल्लो सदनबाट पास भएको बिधेयकमा ह्वाईट हाऊस,क्यापिटल भवन, सुप्रिम कोर्ट, नेशनल मल लगायत अन्य संघीय भवनहरु नयाँ राज्यमा पर्ने छैनन ।  यद्यपी तल्लो सदनबाट पास भएको प्रस्तावित बिधेयक रिपब्लिकन नियन्त्रित सिनेटबाट भने पास हुने सम्भाबना न्युन छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले तल्लो सदनबाट पास भएको प्रस्तावित बिधेयक यति आफ्नो टेबलमा आयो भने ‘भिटो’ प्रयोग गरेर रोक्ने बताई सकेका छन् । गत महिना राष्ट्रपति ट्रम्पले न्युयोर्क पोस्टसँगको कुराकानीका क्रममा डिसीलाई नयाँ राज्य बनाउने प्रस्तावको बिषयमा भनेका थिए; “जबसम्म अति नै मुर्ख रिपब्लिकनको संलग्नता हुँदैन । यो कुनै पनि हालतमा सम्भब छैन । डिसि कहिल्यै पनि अर्को राज्य हुनै सक्दैन । यो अर्को राज्य हुनुको मतलब अर्को डेमोक्र्याटिक सिनेटर र पाँच जना कङ्रेस म्यान थप्नु हो  ! नाई नाई धन्यवाद” ।

डिसीको हालको जनसंख्या ७ लाख ५ हजार अमेरिकाको दुई साना राज्य वेमिङ र भर्मोन्ट भन्दा धेरै छ भने डिसीले नयाँ राज्यको मान्यता प्राप्त गरेमा अमेरिकामा हाल १० लाख भन्दा कम जनसंख्या भएका ७ वटा राज्य मध्ये एक हुने छ । टेक्सासका रिपब्लिकन सभासद चिप रोएले बिधेयकलाई शक्तीको खेल मात्र भएको भन्दै सैधान्तिक रुपमा डिसिको मान्यता अर्कै भएको बताएको  सिएनएले लेखेको छ ।  

एजेन्सी