समाचार

'आई लभ न्युयोर्क' लोगोका परिकल्पनाकार मिल्टनको मृत्‍यु

न्युयोर्क

अमेरिकाकै पर्यटकीय र आर्थिक नगरी न्युयोर्कलाई प्रतिनिधित्व गर्दै आएको ‘आई लभ न्युयोर्क’ रेखा चित्र (लोगो) का परिकल्पनाकार मिल्टन ग्लासरको ९१ बर्षको उमेरमा मृत्‍यु भएको छ । मिल्टनले परिकल्पना गरेको रातो रङको पानको आकारलाई बिचमा राखेर ‘आई लभ न्युयोर्क’ लेखेको लोगोलाई अमेरिकामा पर्यटकीय लोगो मान्ने गरिन्छ ।  मृगौला फेल भएर उपचारको क्रममा रहेका ९१ वर्षीय मिल्टनको शुक्रबार स्ट्रोकको कारण मृत्‍यु भएको उनकी पत्नी सेर्लीले न्युयोर्क टाईम्सलाई बताएकी  छिन् ।

हंगेरीयन आप्रबासीका सन्तान मिल्टनले कुनै दिन ट्याक्सी चढेर हिड्दै गर्दा एउटा रित्तो खामको पछाडि पट्टी रातो रंगको मैन रंगले कोरेर परिकल्पना गरेको आई लभ न्युयोर्क लोगो अहिले विश्व प्रसिद्ध छ । उनले परिकल्पना गरेको त्यो लोगो लगाउने कपडा, क्याप, कम्मर पेटीदेखि चिया पिउने कप, मोजासम्म मात्र होईन कि सडक र पेटीमा पनि कोरिएको भेटिन्छ । उनी भने संसार छाडेर बिदा भएका छन् 

सन् १९७७ देखि मिल्टनले बनाएको उक्त लोगोलाई न्युयोर्कको पर्यटन प्रबर्धनको लागि प्रयोग गर्न सुरु गरिएको थियो । स्वर्गीय ग्लासरले आई लभ न्युयोर्क लगायत चर्चित स्टोनि ब्रुक युनिभर्सिटी, चर्चित डिसि कमिक्स, ब्रुकलिन ब्रुअरीको लोगो, गायक बब ड्यानियलको पोस्टरको समेत परिकल्पना गरेका थिए । ग्लासर सन् १९६८ मा न्युयोर्क म्यागाजिनको सह-सँस्थापकको रुपमा काम गरेका थिए ।