समाचार

सिमा सुरक्षाकर्मीलाई छलेर भाग्न खोज्दा ७ जनाको मृत्‍यु

टेक्सास एल पासोस्थित एक किशोर सिमा सुरक्षाकर्मीबाट भाग्ने क्रममा कार दुर्घटनामा परि आफु सहित ७ जनाको मृत्‍यु भएको छ ।  १८ बर्षीय किशोरले प्रहरीसँग भाग्ने क्रममा  बिहान २ बजेर १५ मिनेट जाँदा लामो ट्रेलरमा ठोकेर दुर्घटना गरेका थिए ।

एल पासो प्रहरी रोबर्ट गोमेजका अनुसार जब १८ बर्षीय युवकले कार दुर्घटना गरे, त्यति बेला कारमा सवार सबै जना गाडी भित्रै च्यापिएका थिए । १० जना सवार उक्त दुर्घटनाग्रस्त कारमा रहेका घाईते तीन जनालाई अस्पताल लगिएको र उनिहरु खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । युएस कस्टम एन्ड बोर्डर पेट्रोलले एक सुचना प्रकाशित गरी भनेको छ; ‘उक्त घटना एल पासो क्षेत्रको बोर्डर पेट्रोल एजेन्टले मेक्सिको नजिकैको क्षेत्रमा भएको शंकास्पद कृयाकलापको सुराकीको आधारमा  सम्बोधन क्रममा भएको थियो’ । पेट्रोल एजेन्टले युवकले चलाएको गाडीलाई रोक्ने प्रयास गरे पनि १० जना बोकेको सानो कार चालक युवक भने झन झन गति बढाएर भाग्ने प्रयासमा थिए । दुर्घटनालाई युएस कस्टम एण्ड बोर्डर प्रोटेक्सन कार्यालय आफैले अनुसन्धान गरि रहेको प्रहरीले बताएको छ ।  

एजेन्सी