समाचार

अमेरिकामा ह्याण्ड सेनिटाईजर पिउँदा तीनको मृत्‍यु चार घाईते

अमेरिकाको न्यु-मेक्सिको राज्यमा भाईरस निस्कृय पार्न प्रयोग गरिने सेनिटाईजर खाँदा ३ जनाको मृत्‍यु र एक जना सदाका लागि अन्धो भएका छन् । न्यु मेक्सिकोस्थित डिपार्टमेन्ट अफ हेल्थका अनुसार अन्य तीन जना पनि अति सम्वेदनसिल अवस्थामा उपचारत छन् । डिपार्टमेन्टका अनुसार ती ७ जनाले नै मिथानोल भएको सेनिटाईजर खाएका थिए । ह्यान्ड सेनिटाईजर खाएका कारण दुर्घटना भएको डिपार्ट्मेन्ट अफ हेल्थले शुक्रबार सार्वजनिक गरेको हो ।

शरिर बाहिर प्रयोग गर्ने सेनिटाईजर मानिसले बिभिन्न उदेश्यले खाए पछि यो प्राण घातक हुने र कहिले काँही मस्तिष्क घात, अन्धोपन र मृगौला समेत फेल हुने बताईएको छ । महिना भरी सेनिटाईजर खाएर न्यु-मेक्सिकोस्थित  प्वाईजन कन्ट्रोलमा रिपोर्ट भएका सबै घटनाको एक मुस्ट रिपोर्टिङ गरिए पनि प्रत्येक घटनाको छुट्टा छुट्टै रिपोर्टिङ भने गरिएको छैन । अमेरिकाका उपभोग्य सामग्रीको जाँच तथा  गुणस्तर नियन्त्रणका लागी काम गर्ने फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफ डि ए) ले अहिले बजारमा छ्याप छ्याप्ती भेटिने ९ प्रकारका सेनिटाईजरलाई बन्देज लगाएको भोलिपल्ट न्यु-मेक्सिकोस्थित डिपार्ट्मेन्ट् अफ हेल्थले सेनिटाईजर खाएका कारण घटेको घटना बारे सार्वजनिक गरेको हो । एफडिएले ‘ईस्कबायोकेम एसए’ द्वारा उत्पादित ९ प्रकारका सेनिटाईजरमा सम्भाबित बिषाक्त रसायन भेटिएका कारण रोक लगाएको थियो । गत मेई महिनाको केही हप्ता भित्र सेनिटाईजर खाएका ती ७ घटना  घटेका थिए ।

यदि कसैले आफुले सेनिटाईजर निलेको शंका लागेमा तत्काल उपचारको लागि चिकित्सककोमा जानु पर्ने डिपार्ट्मेन्ट् अफ हेल्थ क्याबिनेट सेक्रेटरी क्याथी कुनकेलले बताएकी छिन् । कोरोना महामारी अगाडि मानिसहरुले नसाका लागि पिउने वा जेल भित्र आगो लगाउन प्रयोग गर्ने शंकामा अमेरिकाका अधिकांश जेलमा सेनिटाईजर  प्रतिबन्धित थिए ।  

समाचार श्रोत : सिएनएन