रोचक खवर

त्रिभुवन विमानस्थल भित्रै गाँजा खेती, प्रहरीद्धारा ५० हजार बोट नष्ट

काठमाडौं । काठमाडौंको केन्द्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रै गाँजा मौलाइरहेको पाइएको छ ।

२४ सै घण्टा सेना र प्रहरीको कडा सुरक्षा घेरा भित्र रहने विमानस्थलभित्र बाटै प्रहरीले ठूलो मात्रामा गाँजाको बोट नष्ट गरेको हो ।

नेपाल प्रहरीका अनुसार शनिबार प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्दिप भण्डारीको नेतृत्वमा ७१ जना प्रहरी विमानस्थल भित्र गाँजा नष्ट गर्न खटिए ।

प्रहरीले करीव ५० हजार गाँजाका बोट नष्ट गरेको प्रहरीले जानकारी दिएको छ । टोलीले विमानस्थलको चौघेरो भित्र फेला पारेको गाँजाले स्वयमः प्रहरी प्रशासनलाई चकित पारेको छ ।

नेपालमा गाँजा प्रतिवन्धित छ । प्रयोगमात्र होइन, यसको खेती गर्न समेत पाइदैन । पछिल्लो समय धेरै यूवा यसको लतमा फसेर आफ्नो जीवन नै वर्वाद गरिरहेका छन् ।