अर्थतन्त्र

सुनको मूल्यमा नयाँ रेकर्ड, बुधबारका तोकिएको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

बुधबारका लागि तोकिएको मूल्य अहिलेसम्मकै उच्च हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ।

मंगलबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो। यस्तै तेजावी सुनको भाउ पनि तोलाको ९२ हजार ३ सय ६० पुगेको छ । मंगलबार तोलाको ९१ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको भाउ पनि बढेको छ। चाँदीको मूल्य तोलाको १ हजार ५ रुपैयाँ तोकिएको छ। मंगलबार तोलाको ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।