स्वास्थ्य

अमेरिकामा आजदेखि कोरोना संक्रमणको सम्पूर्ण सुचना सिडिसीलाई होईन डिसीलाई जाँदैछ

न्युयोर्क

अमेरिकामा अब देशभरका अस्पतालहरुले कोरोना भाईरसको आँकडा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) लाई होईन बाटो बदलेर सोझै ह्वाईट हाऊस प्रशासनलाई  पठाउनु पर्ने भएको छ । ट्रम्प प्रशासनले अस्पतालहरुलाई सिडिसिलाई पन्छाएर सोझै व्हाईट हाऊस प्रशासनको  “ ‘सेन्ट्रल डाटाबेस सिस्टम’मा अमेरिका भरका बिरामीहरुको आँकडा पठाउन आदेश गरेको हो । ट्रम्प प्रशासनको यो कदमले अमेरिकास्थित स्वास्थ बिज्ञहरुले बिरामीको आँकडा राजनीतिकरण हुने वा सर्वसाधारणबाट लुकाईन सक्ने शंका ब्यक्त गरेको न्युयोर्क टाईम्सले लेखेको छ । ट्रम्प प्रशासनको यो निर्णयका बारे हालै डिपार्ट्मेन्ट् अफ हेल्थ एण्ड ह्युमन सर्भिसको वेब साईटमा प्रकासित १३ पेजको सुचनामा जनाईएको छ । सुचनामा अस्पतालहरुले कसरी डिपार्ट्मेन्ट्लाई कोरोनाको आँकडा जानकारी गराउने भन्ने निर्देशन गरेको छ । युएस डिपार्ट्मेन्ट् अफ हेल्थ एण्ड ह्युमन सर्भिसका एसिस्टेन्ट सेक्रेटरी माईकल क्यापुटोले यो नयाँ पद्दतिले सुचना छिटो र प्रभाबकारी ढंगले संचार हुने प्रतिकृया दिएको एनबिसि न्युजले जनाएको छ । न्युयोर्क टाईम्सले यसै सम्बन्धमा प्रकाशित समाचारमा भनेको छ; ‘कोरोना संक्रमणको आँकडाका सम्बन्धमा लागू गरिएको नयाँ नियम अन्तर्गत हेल्थ एण्ड ह्युमन सर्भिसको डाटा सिस्टममा आउने सुचना सार्वजनिक हुँदैन, जस्ले गर्दा महामारीको बिषयमा अनुसन्धान गरिरहेका अनुसन्धानकर्ता र स्वास्थ बिज्ञहरुलाई असर गर्ने छ ।  

१ लाख ३६ हजार ८ सय ३२ को मृत्‍यु र ३४ लाख ७ हजार ५ सय ५६ जना संक्रमित भएपछि ट्रम्प प्रशासनको भाईरस संक्रमित मृतकको संख्या, अस्पताल बेडको संख्या, भेन्टिलेटर संख्या प अस्पतालमा उपचारत सबैको सुचना ह्वाईट हाऊस प्रशासनलाई पठाउनु पर्ने नयाँ नियम आएको हो । यो नियम जुलाई १५ तारिख बुधाबारदेखि लागू हुनेछ ।  ट्रम्प प्रशासन यति बेला सम्पूर्ण शिक्षण संस्था खोल्न र जबरजस्ती जनजीवन सामान्यिकरण गर्न हतारिएको छ ।