समाचार

आज नेकपा शीर्ष नेताको छलफल, निस्केला निकास ?

काठमाडौं । सत्तारुढ नेकपाको विवाद अझै सुल्झिएको छैन । सोही सन्दर्भमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बुधबारको छलफल बुधबारसमेत निष्कर्षबिहिन बनेको छ । नेताहरुबीच बिहीबारसमेत छलफलको तयारी छ । बुधबार दुई नेता करीव ३ घण्टा छलफल गरेका थिए ।

साउन २ गतेसम्म स्थायी कमिटी बैठक स्थगित गरी छलफलमा जुको नेता अझै सहमति नजिक पुगेका छैनन् । बुधबार भएको छलफलमा महासचिव बिष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । छलफल सकारात्मक भएको नेताहरुको दावि रहेको छ । आजको छलफलमा भने अर्का वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत सहभागी गराउने तयारी रहेको छ । नेताहरु प्रधानमन्त्रीको राजिनामाकै पक्षमा छन् । प्रधानमन्त्री भने कुनै पद नछाड्ने अडान यथावत राखेका छन् ।