विश्व

अमेरिकामा तात्दै छ चुनावी माहोल, डेमोक्र्याटिकबाट मात्र २५ दावेदार

आगामी नोभेम्बर २०२० मा हुने राष्ट्रपतीय निर्वाचनको माहौल शुरु भइसकेको छ । पाटी भित्र राष्ट्रपतिको उमेदवारी घोषणा गर्ने क्रममा जारी रहेको छ ।

अमेरिकाका पूर्वसांसद् एवं नौसेनाका पूर्वअध्यक्ष जोई सेस्टकले डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवार बन्ने घोषणा गरे । उनको घोषणासँगै डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतीय उम्मेदवार बन्ने आकंक्षीको संख्या २५ पुगेको छ ।

अमेरिकामा हरेक ४ वर्षमा राष्ट्रपति निर्वाचन हुने प्रावधान छ । सोही प्रयोजनका लागि अब पार्टीभित्र राष्ट्रपतिको सबैभन्दा बलियो उमेदवार चयन गर्न आन्तरिक निर्वाचन हुने गर्छ ।

त्यहाबाट विजेता बनेर आइसकेपछि मात्र फाइनल उमेदवार चयन हुन्छ । त्यसकारण पार्टीभित्र धेरै आकांक्षी देखिने गर्छन् ।

रिपब्लिकनको तर्फबाट भने वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै उमेदवारका रुपमा खडा हुनेछन् । किनकी अमेरिकामा एक राष्ट्रपतिले लगातार दोस्रो कार्यकालसम्म सत्ता चलाउन सक्ने प्रावधान रहेको छ ।

सैनिक सेवामा ३१ वर्ष सेवा गरेका जोईले आफूले ट्रम्पको सजिलै सामना गर्न सक्ने बताएका छन् । उनी भियतनाम युद्धमा सबैभन्दा बढी खटिएका थिए । त्यसपछि अमेरिकाले इराक र अफगानिस्तानको युद्धमा पनि उनलाई नेतृत्व दिएको थियो ।
एजेन्सी