स्वास्थ्य

नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो

धरान । नेपालमा कोरोनाबाट थप एक जनाको मत्यु भएको छ । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । शुक्रबार बिहान कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको हो । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो ।

प्रदेश १ मा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना भएको अस्पतालले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका अनुसार उनी बुधबार अस्पताल भर्ना भएका हुन् । उनी मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि भर्ना भएका थिए । वृद्धको उपचारका क्रममा बुधबार नै स्वाब संकलन गरिएको थियो । बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ । आइसोलेसनमा उपचारका क्रममा बिहीबार राती उनको मृत्यु भएको हो ।